नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारबाट नयाँ वेबसाइटमात्र चल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ।

नेप्सेको पुरानो वेबसाइट हिजो बिहीबार साँझबाटै बन्द भएको थियो। तर, नेप्सेले भने आज सूचना प्रकाशित गरी पुरानो वेबसाइट बन्द गर्न लागिएको जानकारी गराएको हो।

हाल परीक्षणका रुपमा रहेको नेप्सेको नयाँ वेबसाइट भने आइतबार (कात्तिक २७ गते)बाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। अबउप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले अवगत गराएको छ।

यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी

गराएको थियो। योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो।

यसअघि नट्सको लगइन तथा युजर आईडी नलिएका कम्पनीहरुलाई अनिवार्य रुपमा लिन पनि नेप्सेले आग्रह गरेको थियो। सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको नेप्सेले स्पष्ट पारेको छ।

कात्तिक २७ गतेबाट सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ।

सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार भई जाने सूचनामा उल्लेख छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.