यस वर्ष व्याँसमा फलेन स्याउ

राम्रो स्याउ फल्ने दार्चुलाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०÷४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक÷दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मिहेनत खेर गएपछि किसान भने निराश भएका छन् ।

स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा छिटफुट मात्रै फल लागेको स्थानीय किसान जितसिंह बोहराले बताउनुभयो । गाउँपालिकाका स्याउखेती गर्ने किसान बोहराका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन् । आफ्नो बगैँचामा भएको स्याउका रुखमा फल छैनन् । उनले भने, “स्याउ फूूल्ने बेलामा तुषारो तथा फल लाग्ने बेला असिना परेपछि राम्रो उत्पादन भएन ।”

स्याउ बिक्री गरेर गुजारा चलाउने बोहरा यस वर्ष उत्पादनमा कमी आएकाले चिन्तित छन् । विगतमा छाङ्गरुको स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गथ्र्यौं, यो पटक आफूलाई खान पनि पुगेन । उहाँको बारीमा यो वर्ष जम्मा २५० बोटमा मात्रै केही स्याउ फलेको छ । केही समयअघि परेको असिनापानीले पनि नोक्सान भएको उनले बताए । यो वर्ष १०÷१२ क्विन्टल स्याउ उत्पादन हुने आशा गरेका उनको बारीमा दुई क्विन्टलको हाराहारीमा स्याउ फलेको छ । 

जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउखेती हुने गर्दछ । यो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.