वैशाखबाट लुम्बिनीमा जाने पर्यटकका लागि नयाँ शुल्क निर्धारण, स्वदेशी र विदेशीले कति तिर्नुपर्छ ?

काठमाण्डौ । बौद्ध धर्मावलम्बीहरुको विशेष ऐतिहासिक तीर्थस्थल तथा गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सेवा उपभोग गरेबापत तिर्नुपर्ने नयाँ शुल्क निर्धारण गरिएको छ।

लुम्बिनी विकास कोषले आज सूचना जारी गर्दै आउँदो वैशाख १ गतेबाट लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो। कोषले आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ संरक्षण तथा सेवा शुल्क, क्यामेरा शुल्क, भिडियो क्यामेरा शुल्क र छायांकन शुल्क निर्धारण गरेको छ।

अब नेपाली नागरिकले लुम्बिनी क्षेत्र भ्रमण गर्दा संरक्षण तथा सेवा शुल्कबापत ५० रुपैयाँ, क्यामेरा शुल्क १०० रुपैयाँ, भिडियो क्यामेरा शुल्क १ हजार रुपैयाँ र छायांकन शुल्कबापत १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। नेपाली विद्यार्थीका लागि भने संरक्षण तथा सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था कोषले गरेको छ।

रुपन्देही, कपिलवस्तु र नवलपरासी सुस्ता पश्चिमका बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कोषले जनाएको छ। यसका लागि उनीहरुले आफ्नो परिचयपत्र देखाउनुपर्नेछ।

यसैगरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकका लागि संरक्षण तथा सेवा शुल्कबापत १०० रुपैयाँ, क्यामेरा शुल्क १०० रुपैयाँ, भिडियो क्यामेरा शुल्क १ हजार रुपैयाँ र छायांकन शुल्कबापत ७०० डलर निर्धारण गरिएको छ। भारतीय विद्यार्थीका लागि पनि संरक्षण तथा सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था कोषले गरेको छ।

सार्क राष्ट्रका अन्य मुलुकहरुबा आउने पर्यटकले भने संरक्षण तथा सेवा शुल्कबापत ३०० रुपैयाँ, क्यामेरा शुल्क ३ डलर रुपैयाँ, भिडियो क्यामेरा शुल्क २५ डलर र छायांकन शुल्कबापत ७०० डलर रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै तेस्रो मुलुकबाट आउने पर्यटकहरुले संरक्षण तथा सेवा शुल्कबापत ६०० रुपैयाँ, क्यामेरा शुल्क ३ डलर, भिडियो क्यामेरा शुल्क २५ डलर र छायांकन शुल्कबापत ७०० डलर तिर्नुपर्ने कोषले जनाएको छ।

भिक्षु, भिक्षुणी, ज्येष्ठ नागरिक ९७० वर्षमाथि० तथा १० वर्षमुनिका स्वदेशी तथा विदेशीहरुलाई पनि संरक्षण तथा सेवा शुल्क नलाग्ने कोषले स्पष्ट पारेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.