सामसंगको आउन लागेको ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन यस्तो हुनेछ

सामसंगले बहुप्रतिक्षित स्मार्टफोन एस ८ का साथै एस ८ प्लस पनि सार्वजनिक गर्ने भएको छ ।

सामसंगले सार्वजनिक गर्ने दुबै मोडलका स्मार्टफोनहरुको फोटो तथा जानकारीहरु करिब करिब सबै बाहिर आएका छन् । जसअनुसार कम्पनीले ग्यालेक्सी एस ८ तथा एस ८ प्लसलाई ‘बेस्ट फिचर्स अफ इट्स ग्यालेक्सी लाइनअप’ का साथै ‘अ ग्राउण्डब्रेकिंग डिजाइन’ स्लोगनका साथमा बजारमा ल्याउने तयारी गरेको छ ।

सामसंगको ग्यालेक्सी एस ८ मा ५.७ इन्चको तथा एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड डिस्प्ले राखिएका छन्, जसको रिजोल्यूशन २९६०ह१४४० पिक्सेल रहेको छ ।

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस ८ सिरिजमा १२ मेगापिक्सेलको रियर क्यामरा हुनेछ जसमा एफ १.७ अर्पाचर, ड्यूल पिक्सेल अटोफोकस, ओआईएस, तथा फोरके भिडियो रेकर्ड गर्ने क्षमता हुनेछ ।यसमा सामसंगले लेजर अटोफोकस पनि प्रयोग गर्ने रिपोर्टहरुमा उल्लेख छ । अर्कोतर्फ सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिनेछ भने यसमा पनि अटोफोकस रहनेछ ।

ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा २.५ गीगाहर्जको अक्टा कोर एक्सनोज ८८९५ प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८३५ केहि देशहरुका लागि हुनेछ । यो फोन ४ जीबीको र्याम तथा ६४ जीबीको यूएफएस २.० भर्सनको आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट पनि हुनेछ, जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.