स्वास्थ्य मन्त्रालयको आग्रह खारेज, रात्रिकालीन व्यवसाय र रेस्टुरेन्ट खुल्ने

काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न गरेको आग्रह खारेज भएको छ। 

कोरोना जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालय गत बुधबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुका १० बुँदे आग्रहसहितको सूचना जारी गरेको छ। सूचनाको ७ औँ बुँदामा मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेनटहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन आग्रह गरेको थियो।

तर, हिजो बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका सीडीओ र पर्यटन बोर्डका सीईओसहित प्रतिनिधिहरुको बसेको बैठकले स्वास्थ्य मन्त्रालयलेको आग्रह बाध्यकारी नभएको ठहर गरेको हो। योसँगै रात्रिकालीन व्यवसाय र रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्नु नपर्ने भएको छ। 

यसरी व्यवसाय बन्द गराउने हो भने मन्त्रिपरिषद् वा सीसीएमसीले निर्णय गर्नुपर्ने बैठकले ठहर गरेको छ। 

बैठकमा सहभागी नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी स्वास्थ्य मन्त्रालयको आग्रह बाध्यकारी नभएको स्पष्ट पार्छन् । ‘स्वास्थ्य मन्त्रालयले पर्यटन तथा होटेल व्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय चलाउन सुझाव दिएकै छ’, रेग्मीले भने, ‘पर्यटन तथा होटेल व्यवसायीहरुले पालना गरेकै छन्।’

पर्यटन तथा गृह मन्त्रालयबाटै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय चलाउन भनिसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयले गरेको आग्रह मान्नैपर्छ भन्ने बाध्यता नरहेको सीईओ रेग्मीले बताए। ‘मन्त्रिपरिषदले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई हेरेर सम्बन्धित मन्त्रालय र सरोकारवाला पक्षलाई निर्णय गर्न दिने भनेको छ’, उनले भने, ‘बैठकले निर्वाध व्यवसाय गर्न पाउने गरी निर्णय गरेको छ।’

स्वास्थ्य मन्त्रालयले भने आफूहरुले जारी गरेको सूचना सार्वजनिक अपिलमात्र भएको स्पष्ट पारेको छ। मन्त्रालयले जारी गरेको सूचना कोभिड–१९ को स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि एउटा सार्वजनिक अपिलमात्र रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.