अध्यक्ष प्रचण्ड र लीबीच भेटवार्ता

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताहरु सहभागि छन् । दुई पक्षीय भेटमा विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.