अफगानिस्तान पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

‘वर्किङ भिसा’ मा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राप्ती प्लेसमेन्ट सर्भिसका रविन अधिकारीलाई पक्राउ गरेको हो ।

चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १ लाख बढी तलब हुने भन्दै प्रभावमा पारेका थिए ।

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले कार्यालयलाई पत्राचार गरेको आधारमा अभियुक्तलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको कार्यालयले जनाएको छ । अभियुक्तलाई कारबाहीका लागि विभागमा बुझाइएको पनि कार्यालयले जनाएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.