आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन सुरु, अर्थ मन्त्रालयको ढोका बन्द!

काठमाडौं। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट लेखन सुरु गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले शुक्रबार बजेट मस्यौदा लेखन समिति गठन गरेसँगै बजेट लेख्ने प्रक्रिया सुरु भएको हो। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आइतबारबाटै बजेट लेख्ने काम सुरु भएको बताए।

सरकारले यसअघि नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को अध्यादेश ल्याएर बजेट सार्वजनिक गर्नु ३ महिनाअघि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यसअनुसार विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त ९करबाहेक०मा यसअघि नै संसद्मा छलफल भइसकेको छ। यससँगै बजेट निर्माण प्रक्रिया सुरु भएको मानिन्छ। त्यसअघि राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ दिएको छ। अर्थ मन्त्रालयले त्यही सिलिङलाई टेकेर नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाएको हो।

बजेट लेखनको प्रारम्भिक प्रक्रिया सुरु भएसँगै अर्थ मन्त्रालयको खुला आवतजावत रोकिएको ९ढोका बन्द गरिएको० छ। प्रवक्ता खत्रीले बजेट लेखनमा जुट्दा भीडभाड नहोस् र गोपनीयता कायम रहोस् भन्ने उद्देश्यले अर्थ मन्त्रालयको ढोका बन्द गरिएको बताए। ‘ढोका बन्द भन्नाले पुरै बन्द भन्ने हुँदैन।

तर विगतमा जस्तो बिना जानकारी सरासर भित्र छिर्न पाइँदैन,‘ प्रवक्ता खत्रीले भने, ‘जसलाई भेट्ने हो, उसँग समय लिएर÷अनुमति लिएर आउन भने रोकिएको छैन।’ बजेट लेखन सुरु भएसँगै आफ्नो क्षेत्रमा बजेट पारिदिन भन्दै राजनीतिज्ञ, बहालवाला तथा पूर्वकर्मचारी र अन्य सरोकारवालाहरुको अर्थ मन्त्रालयमा जमघट हुने गर्दछ। त्यो जमघट रोक्न पनि अर्थ मन्त्रालयले बजेट बनाउने बेला मन्त्रालय प्रवेशमा कडाइ गर्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.