एमाले अध्यक्ष र चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुखबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा ओली र चान्सुबीच भेटवार्ता भएको हो।

एमाले प्रतिनिधि मण्डल र ली नेतृत्व प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको छ।

ओलीलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेका थिए। चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

सोही क्रममा सभामुख सापकोटा र ली चान्सुले नेपाल र चीनबीचअन्तर संसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.