कप्तान लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध जाहेरी परेको छ ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

लामिछानेले पीडित नाबालिगलाई भदौ ५ गते काठमाडौंको एक होटलको कोठा नम्बर ३०५ मा पुर्‍याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

लामिछानेले आफूमाथि त्यस रात पटकपटक बलात्कार गरेको प्रहरीसँमक्ष बयान दिएकी छन्। काठमाडौं–९ सिनामंगल को होटलमा जानुअघि उनीहरू भक्तपुरको नगरकोटमा पनि पुगेको प्रहरीले बताएको छ ।

यस घटनाको अनुसन्धान प्रहरी परिसर र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।

लामिछाने हाल देश बाहिर छन् । घटनाको भोलिपल्ट नै सन्दीप लामिछाने केन्यामा भएको टी–२० क्रिकेट खेल्न गएका थिए । पाँच खेल खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए ।

नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.