काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गमा सञ्चालित काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने चेतावनी दिएको छ । २४ घण्टाभित्र कर नतिरे फनपार्कमा सिलबन्दी गर्ने चेतावनी महानगरपालिकाले दिएको हो ।

महानगरपालिकाको तर्फबाट बिहीबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका छन् ।

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको महानगरले पठाएको पत्रमा उल्लेख छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.