गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोग गर्‍यौँ स् बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।

एक वक्तव्य जारी गर्दै उनले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन् । महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेको छ ।

एक वक्तव्यमा भनिएको छ , ‘गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’

आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुने उनको भनाइ छ । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्य रोक्ने अभियान जारी रहने उनको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.