चट्याङ लागेर दुई जनाको मृत्यु, १३ घाइते

दाङको घोराहीमा चट्याङ लागेर २ जना युवतीको मृत्यु भएको छ ।

सोही घटनामा १२ जना घाइते भएका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुर गाउँको सालडाँडामा मंगलबार राति तीजको नाचगान चलिरहेका बेला चट्याङ लागेर २ जना युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १६ वर्षीय दिपा घर्ती र १९ वर्षीय मोनिका साह रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । सोही घटनामा १३ जना घाइते भएका मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ । ११ जना घाइतेको अवस्था भनेसामान्य रहेको प्रहरीले जनाएको छ ।

घोराही उपमहागरपालिका भित्रै पर्ने भएपनि घटनास्थल पुग्न गाडीबाट झरेर पनि ४ घण्टा हिड्नु पर्ने अवस्था रहेकाले घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.