चितवन ३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा

नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए थिए। ‘मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ , म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु’ उनले भने।

उनले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताए। अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाए।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.