डीएसपीको नेतृत्वमा काठमाडौँ वर्ल्ड स्कुलमा प्रहरी परिचालन

भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बीचमा मंगलबार विवाद भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी वृत जगातेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हो ।

गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरिरहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.