डोटीमा १२ जना जुवाडे पक्राउ

डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना छन् ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.