तीन दिन भित्र जवाफ पेश गर्न बालेनलाई सर्वोच्चको आदेश

अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले तीन दिन भित्र जवाफ दिन आदेश दिएको छ।

अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त मुद्धाको गर्दै तीन दिन भित्र जवाफ दिन आदेश दिएको हो ।

नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविधान संशोधन गरेर सर्वोच्चलाई नै दिनुपर्ने भन्दै सामाजिक संजालमा लेखेका थिए।

सोही प्रकरणमा अर्को पेसी तोक्न ढिलाइ भइरहेकोप्रति असन्तुष्टि जनाउँदै आफूलाई बुढो देखाउने तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि १’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.