त्रिभुवन विश्वविद्यालय तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचाल

त्रिभुवन विश्वविद्यालय अहिले तनावग्रस्त बनेको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघको आन्दोलनका कारण त्रिवि तनावग्रस्त बनेको हो ।

परीक्षाको प्रश्नपत्रमा त्रिवी पदाधिकारीले लापरबाही गरेको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले असार २७ गते त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी थियो ।

२७ गते लगाइएको ताला अहिलेसम्म खुलेका छैनन् । तर, त्रिवी पदाधिकारीले भने नेविसंघले अनावश्यक दुःख दिएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

बैठकपछि भएको पत्रकार सम्मेलनमा नेविसंघले विरोध गर्दै नाराबाजी गरेपछि एमाले निकट अनेरास्ववियुले नेविसंघमाथि प्रतिकार गरेको छ । सो क्रममा केही समय धेकेला धेकेल समेत भएको थियो ।
प्रहरीले भडप हुन नदिनको लागि बल प्रयोग गरिरहेको छ । आक्रामक रुपमा विद्यार्थी प्रस्तुत हुँदा केहि प्रहरी घाइते भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.