दिवंगत पिताको सम्झनामा गोकर्णेश्वरमा मेला

आज कुशे ‍‍औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्र कृष्ण ‍‍औंसीका दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ ।

पिता हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर, बुबालाई सम्मान प्रकट गर्ने र खुशी साट्दै कुशे ‍‍औंसी मनाउने गर्दछन् भने पिता नहुनेहरुले आजका दिन गोकर्णेश्वरमा गएर दिवंगत पिताको सम्झनामा पिण्डदान तथा तर्पण दिने र ब्राह्मणहरु बोलाएर सिदा दिने, भोजन गराउने र दक्षिणा दिइ विदा गर्दछन्।

कुशे ‍‍औंसीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण ‍‍औंसीको नाम पनि दिइएको छ। कुशे ‍‍औंसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।

आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । आज वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.