देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएको छ । आइतबार थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सवैभन्दा बढि ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । त्यस्तै कोरानाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म तीन हजार ८३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७५ हजार ३ सय जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए ।

हाल ६ हजार २ सय ९० जना आइशोलेशनमा र ८५ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ४५ हजार ५०१ वटा पिसिआर गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.