दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्चमा कारोबार भएको छ । सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । केही दिनयता सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो ।

सुनको मूल्य बिहीबार त्योभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.