निर्वाचन आयोगले १२ दलका प्रदेश प्रतिनिधिलाई छलफलमा बोलायो

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।

आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो। मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.