निलम्बित प्रधानन्यायाधीशले आज पनि बयान दिंदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार) पनि महाअभियोग सिफारिस समिति समक्ष बयान दिनुहुने भएको छ ।

महाअभियोग सिफारिस समितिको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा राणाले बयान दिनुहुने भएको हो । समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेको छ । समितिले यसअघि लिएका बयानका क्रममा राणाले न्यायालयभित्रको विकृति र विसंगतिलाई छताछुल्ला पार्नुभएको छ ।

राजनीतिक नेतृत्व, न्यायाधीशहरू, बार एशोसियसन र मिडियाबीच रहेको नेटवर्किङका विषयमा उहाँले आक्रोश पोख्नुभएको थियो । राणाले आफूविरूद्ध महाअभियोग लगाउनुपर्ने कारण नै नभएको जिकीर पनि गर्दै आउनुभएको छ ।

मंगलबारको बयानपछि सवाल र जवाफ सकिने र त्यसपछि बाँकी काम अघि बढ्ने सिफारिस समितिले जनाएको छ । राणाविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.