नेपाली सेनाको हेलिकप्टरबाट ९ महिनाको गर्भवतीको उद्धार

दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ। ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो।

रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ।

भैरवी गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले दैलेखमा अप्रेसनको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन परेको बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.