न्यायाधीश अनुपस्थितले पल शाहविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

अभिनेता पल शाहविरुद्ध लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

बलात्कार आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाई स्थगित भएको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.