पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको हुँदा देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.