पछिल्लो २४ घन्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०५९ नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०० र एन्टिजेनबाट ३७५९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८७ र एन्टिजेनबाट ११६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १२६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२३२ पुगेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.