प्रकाश हेर्न विश्वज्योती हल पुग्दै प्रचण्ड

गत शुक्रबारबाट रिलिज भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ले दैनिक सो बढाउँदै लगेको छ । सुरुमा चलचित्रले तुलनात्मक रूपमा अन्य सिनेमाले भन्दा कम सो पाएको थियो ।सोही कारण ‘प्रकाश’को निर्माण पक्षले सो बाँडफाँटमा विभेद भएको भन्दै पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको थियो ।

सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा शुक्रबार १३ सो पाएको ‘प्रकाश’ले शनिबार २१ सो पाएको थियो । आइतबार बढाएर क्यूएफएक्सले २३ सो दियो भने सोमबार २७ सो उपलब्ध गरायो ।

यस्तै आज साँझ ५ बजे विश्वज्योती सिनेमा हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र हेर्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि अनुकूल समयमा चलचित्र हेर्ने बताएका छन् ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेणु योगीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.