प्रचण्डको निर्वाचन क्षेत्रमा कांगे्रसको ५ नेताहरूले उम्मेदवारी दिन आकांक्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा कांगे्रसका ५ जनाले उम्मेदवारी दिन आकांक्ष राखेका छन् ।

चितवन–३ का क्षेत्रीय सभापतिका अनुसार उम्मेदवारको नाम दर्ता गराउने समय ५ बजे सम्मका लागि तोकिएको छ ।

उनले सधैं माओवादीकै उम्मेदवारलाई मात्र मतदान गर्दा चितवनमा कांग्रेस कमजोर हुँदै गएकोले आफूले उम्मेदवार बन्ने आकांक्षा राखेको र प्रचण्ड राष्ट्रिय नेता भएकोले अन्य जिल्ला वा चितवनकै अर्को कुनै क्षेत्रबाट उठ्न सक्ने सभापतिले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.