प्रचण्ड र कानूनमन्त्री कोइराला बीच भेटवार्ता

कानूनमन्त्री गोविन्दप्रसाद कोइराला शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रचण्डलाई भेट्न कोइराला मंगलबार विहान खुमलटार पुगेका हुन्। प्रचण्डसँग कोइरालाले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा छलफल भएको जनाएको छ। उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको जनाइएको छ।

पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने प्रावधान घुसाएर यस्तो विधेयक ल्याइएको भन्दै विरोध गरिरहेका बेला मन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.