बढ्यो अमेरिकी डलरको सटही दर

काठमाडौं। अमेरिकी डलरको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार सटही दर बढेको हो।

मंगलबारका लागि राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री १३३ रुपैयाँ ८९ पैसा तोकेको छ। यसअघि सोमबार खरिद १३३ रुपैयाँ १८ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७८ पैसा थियो।

त्यस्तै युरोको सटही दर पनि मंगलबार बढेको छ। मंगलबारका लागि युरोको खरिद दर १४३ रुपैयाँ ६१ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

यसअघि सोमबार युरोको खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसा रहेको थियो। मंगलबार पाउन्ड स्टर्लिङको सटही दर पनि बढेको राष्ट्र बैंकले जानकारी दिएको छ।

ex-1715045791.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.