बर्दियाबाट पाँच जना जुवाडे पक्राउ

गुलरिया नगरपालिका–३ खैरीस्थित प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्रतिक्षालयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.