बाराको निर्वाचन क्षेत्र ४ मा एकै परिवारका तीनजनाको नाम सिफारिस

बारा कांग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीनजनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सिफारिश भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा ०ढकाल९ समानुपातिकतर्फ सिफारिस भएका हुन्।

बारा क्षेत्र नम्बर ४ ९क० का क्षेत्रीय सभापति सुमनकुमार भट्टराईले कार्यकर्ताको मन राख्नकै लागि मापदण्डलाई बेवास्ता गरेको स्वीकार गरे। प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराको शनिबारको बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनााको नाम सिफारिस गरेको हो ।

एउटै परिवारका तीनजनासम्म सिफारिश भएको सन्दर्भमा आकांक्षीले सोच्ने कुरा भएको तर्क गरे।

प्रत्यक्षतर्फका दावेदार ९ जना उम्मेदवारमध्येका ओमकृष्ण कार्की २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार सुन्दर विश्वकर्मासँग पराजित भएका थिए। शोभा लामा समानुपातिक तर्फको बहालवाला प्रदेशसभा सदस्य हुन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.