बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई भन्नुस्, फिर्ता गर्दिन्छौंः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कुनै बैकले बढी ब्याज लिएको भए राष्ट्र बैकमा गुनासो गर्न आग्रह गरेका छन् । नियमबिपरित बढी ब्याज लिने बैंकबाट राष्ट्र बैंकले ब्याज फिर्ता गराउने उनले बताए ।

अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिर बहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’

व्यवसायीका नेताहरु भेट्दा बैंकले १६/१८ प्रतिशत ब्याज लियो भनेर भन्दै हिड्ने गरेको भन्दै उनले तथ्य बाहिर गएर गुनासो गर्दै नहिँड्न आग्रहसमेत गरे । ग्राहकलाई समस्या परेको खन्डमा राष्ट्र बैकमा गुनासो गर्न सकिने र त्यसका लागि विभाग नै छुट्याएको उनले बताए ।

अर्थतन्त्रमा संरचनात्मक समस्यामा रहेको उल्लेख गर्दै नेपाल रेमिट्यान्समा निर्भर रहेको बताए । रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो छ । राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे । ‘बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ?’ गभर्नर अधिकारीले प्रश्न गरे, ‘सबै समन्वय भएको छ । रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नू गलत छ।’

काम गर्दा कमजोरी भए सच्याउन सकिने उनले बताए । आर्थिक सिथिलताका कारण बैंकमा खराब कर्जा बढेकाले यो बेला प्रोभिजन बढाउनु पर्ने, लाभांश दिन दिँदा संस्थामा समस्या हुने भएकाले राष्ट्र बैकले कडाइ गरेको बताए । ‘बैंकको खराब कर्जा थप नबढोस् भनेर नै हामीले कडाइ गरेका हौं,’ उनले भने ।

ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको गभर्नर अधिकारीको भनाइ छ ।  ‘व्यवसायी साथीहरुलाई मेरो आग्रह छ, ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘त्यसैले ऋण लिनेबेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.