बैतडीमा यात्रुवाहक बस दुर्घटना

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ हरिचन मोडमा बस दुर्घटना भएको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

४५ यात्रु सवार बस सडकबाट करीब ५ मिटर तल खसेको छ। बस दुर्घटनमा परे पनि मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

दुर्घटनामा परेका सबै यात्रुको उद्धार गरिएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेका छन्

सम्बन्धित
Leave A Reply

Your email address will not be published.