ब्रिटनीले गरिन् इन्स्टाग्राम डिएक्टिभ

हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डीएक्टिभ गरेकी छन् । उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन । यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छन् । उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छन् ।

उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छन् । ‘म दिनहुँ सिकिरहेकी छु । म राम्रो व्यक्ति बन्ने कोशिस गरिरहेको छु । म त्यही गरिरहेकी छु, जसले मलाई खुशी दिएको छ । मैले आज खुशीलाई छानेकी छु । म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु । आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोशिस गर्नु’, उनले ट्वीटेकी छन् ।

‘जब म सानी थिएँ, निडर हुन चाहन्थे । म यती डराएर बस्न चाहदिन थिएँ । म प्रार्थना गर्छु कि सत्यमा पवित्र आत्मामा सत्यता छ र मलाई आशा छ कि पवित्र आत्मा मेरो सन्तानसँग पनि छ । हो मैले आज सुख र खुशी छानेकी छु’, उनले लेखेकी छन् ।

ब्रिटनीले सेम असगरीसँग गत जूनमा विवाह गरेकी थिइन् । उनीहरुले सन् २०२१ मा इन्गेजमेन्ट गरेका थिए । यो जोडी पाँच वर्षयता प्रेम सम्बन्धमा थिए । सन् २०१६ मा ब्रिटनीको म्यूजिक भिडियोको सेटमा उनीहरुको भेट भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.