भदौमा हुने ‘नाडा अटो शो २०२४’ को लागि खुल्यो बुकिङ

र्षिक रूपमा आयोजना हुँदै आएको ुनाडा अटो शोु को १६ औं संस्करण आगामी भदौमा आयोजना हुने भएको छ।

नाडा अटो शो २०२४ु भदौ ११ गतेदेखि १६ गतेसम्म हुनेछ।

नाडाले ुनाडा अटो शो २०२४ु मा सहभागी हुन इच्छुक कम्पनीहरूको लागि दर्ता खुला गरेको छ। सहभागी हुन इच्छुक कम्पनीरब्रान्डहरूले जेठ ३१ गते ९बिहीबार०देखि असार ५ गतेसम्म स्टलको लागि आवेदन दिन सक्नेछन्।

 

नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा ुनाडा अटो शोु आयोजना गर्दै आएको छ।

अटो शोमा विभिन्न चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी साधन तथा ढुवानीका साधनहरू, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरू स्टल हुने गर्छन्।

गत वर्ष नाडाले भदौ २६ गतेदेखि ३१ ुनाडा अटो शो २०२३ु आयोजना गरेको थियो। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेका थिए।

यस वर्षको प्रक्षेपणबारे नाडाले हाल कुनै प्रतिक्रिया जनाएको छैन। तर, व्यवसायीहरू भने नाडा अटो शोको लागि उत्साहित छन्।

विशेषगरी अटो शोमा नयाँ मोडलका सवारी साधन सार्वजनिक भइरहेका हुन्छन् भने यसमा सवारी साधनको बुकिङ सं‌ख्या पनि सन्तोषजनक हुने व्यवसायीहरू बताउँछन्।

अटो शोमा सहभागी हुन इच्छुक ब्रान्ड वा कम्पनीले आवेदन दिएपछि स्टलको लागि लट्री ड्र प्रक्रियाबाट छनौट हुने नाडाले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.