इन्ड्राइभले अब १० प्रतिशत कमिसन लिने

राइड सेयरिङ एप इन्ड्राइभ औपचारिक रूपमा भित्रिएको छ।

सोमबार एक कार्यक्रममा गर्दै ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले औपचारिक रूपमा सेवा सुरू गरेको हो।

आगामी दिनमा राइडरसँग १० प्रतिशत शुल्क लिएर पारदर्शी सेवा दिने इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले बताइन्।

ुहामी परीक्षणको रूपमा केही समयदेखि थियौं,ु उनले भनिन्, ुअब औपचारिक रूपमा आयौं।ु

यसअघि भने इन्ड्राइभले राइडरसँग शुल्क लिने गरेको थिएन।

उनका अनुसार हालसम्म यहाँ बाइक र ट्याक्सी गरी ७० हजार राइडर दर्ता भएका छन्।

इन्ड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपमा भाडा तय गर्ने सुविधा दिएको छ। यसका साथै, सवारी साधनको मोडेल, राइडरको रेटिङ र आउन लाग्ने समयको आधारमा राइडर प्रस्ताव गर्न सक्छन्।

भुक्तानीका लागि इन्ड्राइभले आइएमइसँग साझेदारी गरको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.