एसपिजी अटोमोबाइल्सले पायाे ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘इभी पायोनियर’ अवार्ड

एसपिजी अटोमोबाइल्सले ु२०२४ ओमोडा र जेइको डिलर्स फोरमु मा दुईवटा महत्त्वपूर्ण अवार्ड हासिल गरेको छ।

कम्पनीले फोरममा बहुप्रतिष्ठित ुआउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसनु र ुइभी पायोनियर अवार्डु दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको ९इभी० बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, ुयो उपलब्धि हाम्रो नेपाली ग्राहकहरूको असिम साथ–सहयोगद्वारा सम्भव भएको हो। हामीले ल्याउने अत्याधुनिक इभीहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ। हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ। हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ।ु

नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा इ५ फेब्रुअरीमा सार्वजनिक गरिएको थियो।

कम्पनीले डेलिभरी सुरू भएदेखि छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्युचरिस्टिक ओमोडा इ५को १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.