‘मलेसिया र खाडीमा घरेलु काममा जान बन्देजले जोखिम बढायो’

वैदेशिक रोजगारमा जाने महिला श्रमिकहरूलाई सचेतना, उद्धार लगायतमा सहयोग गर्दै आएको आमकासले सञ्चालन गरेको अल्पकालीन आश्रयस्थल ९सेल्टर० मा आउनेमध्ये ७५ प्रतिशत महिला कागजातबिहीन हुने देखिएको छ।

गत एक वर्षभित्र आमकास नेपालको सेल्टरमा बसेका १७२ जनामध्ये ७५ प्रतिशत कागजातबिहीन थिए।

यस बन्देजले निम्त्याएको जोखिम स्पष्ट हुने आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठ बताउँछिन्।

यसरी कागजातबिहीन भएकाहरू श्रम शोषण, ज्याला ठगी, मानव तस्करी तथा शारीरिक हिंसाको जोखिममा पर्ने उनले बताइन्।

फर्केर आउनेमा आधाभन्दा धेरै कुवेतबाट छन्। सेल्टरमा आएका १७२ जना महिलामध्ये ४० प्रतिशतलाई आकस्मिक स्वास्थ्य सेवा तथा कानुनी सेवा प्रदान गरिएको आमकास नेपालले जनाएको छ।

फर्केर आएकामध्ये केही व्यक्ति म्यानपावर कम्पनीमार्फत् गएका थिए। कुल चार लाख १० हजार सम्बन्धित म्यानपावरबाट आमकासले फिर्ता गराइदिएको जनाएको छ।

सेल्टरमा आएकामध्ये १४ जनालाई कुवेत, ओमन र युएइबाट उद्धार गरिएको थियो।

कमाउने उद्देश्यले घरेलु कामका लागि कुवेत पुगेकी रसुवा घर भएकी २९ वर्षिया एक महिला पनि अवैध बाटो भएर जाँदा समस्यामा परेकी थिइन्। उनलाई कुवेतमै काम दिलाइदिने भनिएको थियो। तर कुवेत हुँदै साउदी लगियो। त्यहाँ उनले शारीरिक तथा मानसिक हिंसा खेप्न बाध्य भइन्।

ठूलो संघर्षपछि उनी नेपाल फर्किन सफल भइन्। उनी अवैध बाटो भएर रोजगारीका लागि विदेश जानु परेका कारण उनलाई फसाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकिएको आमकासको भनाइ छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.