८ महिनामा ५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

१९ चैत, काठमाडौं । चालु आर्थिक वर्ष ९आव० २०८०र८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो ।

विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ ।
८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्यांक विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । ट्रेड यूनियन संघ ६ वटा दर्ता भएका छन् ।

१४ वटा संघको नवीकरण भएको समेत विभागको तथ्यांक छ । यस अवधिमा ५० वटा कम्पनीलाई श्रमिक आपूर्तिकर्ता इजाजत पत्र प्रदान गरिएको छ ।

श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको संख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरिक्षण गरेको छ । यो अवधिमा ३१७ वटा श्रम विवाद समाधान गरिएको विभागले जानकारी गराएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.