मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ ।

आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो ।

विमानमा १८ यात्रु र चालक दलका चार जना थिए ।

ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् ।

विमानको दायाँ इञ्जिन अफ गरेर सकुशल अवतरण गराइएको जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.