मेयर बालेनविरुद्ध सर्वोच्च अदालतमा मुद्धा

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको बताइएको छ ।

मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ।

बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.