यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रूपैयाँ ८४ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५८ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ८९ पैसा र बिक्रीमा ८६ रूपैयाँ २८ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ८४ पैसा र बिक्रीमा २७ रूपैयाँ ९६ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.