राष्ट्रपतिसँग देउवासहितका काँग्रेस नेताले भेटवार्ता गर्दै

नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीको छलफल गर्न लागेका हो ।

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.