राष्ट्रपतिसँग भेटवार्ता गर्न एमाले नेताहरु शितल निवास जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् । छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.