राष्ट्रपति र काँग्रेस पदाधिकारीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीबीच छलफल भएको छ । सोमबार दिउँसो राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो ।

छलफलमा नागरिकता विधेयकको विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने, ‘नागरिकता विधेयका सन्दर्भमा उहाँका जिज्ञासा थिए । चुनावबारे पनि कुरा भएको छ ।’ कार्कीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आम निर्वाचन निष्पक्षमा रुपमा गर्न सरकारलाई सुझाव दिएको कार्कीको भनाइ छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई बोलाएकी थिइन् ।

देउवा उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.