राष्ट्रियसभाका नवनिर्वाचित चार सभापतिले लिए सपथ

राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ लिएका छन् ।बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा ९पार्वती० सभापतिमा निर्विरोध भएका थिए ।
करिब ७ महिनादेखि रिक्त चारवटा समितिमा चार प्रमुख दलले एक(एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको थियो । बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।

राष्ट्रियसभाका समिति सभापतिहरूको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.