रुपन्देहीमा नवजात शिशु फेला

रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ।

शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले स्वास्थ्य अवस्था ठिक रहेको छ ।

जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ । शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.