रूपन्देही १ बाट बेदुराम भुसाल सिफारिस

नेकपा एकीकृत समाजवादीले रूपन्देही क्षेत्र नम्बर १ र पाल्पा क्षेत्र नम्बर २ बाट आउँदो निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

रूपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेललाई सिफारिस गरिएको छ । पार्टी क्षेत्रीय कमिटीको बैठकले भुसाल र पौडेलसँगै जिल्ला नेता उमापति पाण्डेलाई तेस्रो नम्बरमा नाम राखेर सिफारिस गरिएको बताइएको छ ।

त्यस्तै पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे उम्मेदवारको लागि सिफारिस भएका छन् । पार्टीको तानसेनमा सम्पन्न जिल्ला सचिवालय बैठकले पाण्डेले सर्वसम्मत रूपमा उम्मेदवारको रुपमा सिफारिस गरेको प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.